दफा १२१
कैद सजायको तामेली
(१) सैनिक अदालतबाट कैद सजाय पाएको व्यक्तिलाई सजाय सदर गर्ने अधिकृतले वा समरी सैनिक अदालतको हकमा अदालतका अधिकृतले कैदको सजाय भुक्तान गर्न कारागार चलान गर्न आदेश दिनेछ ।
(२) उपदफा (१) बमोजिम आदेश दिएपछि सजाय भोग्ने व्यक्तिको कमाण्डिङ्ग अधिकृत वा निजले तोकेको अरू अधिकृतले थुनुवा पुर्जीसाथ त्यस व्यक्तिलाई कारागार चलान गर्नु पर्नेछ ।
(३) कैदीलाई एक ठाउँबाट अर्को ठाउँमा सार्दा उम्की, भागी जान वा अरू अवान्छित काम गर्न नपाउने गरी मनासिब माफिकको प्रतिबन्ध लगाउन सकिनेछ ।
(४) कारागारमा थुनिएको कैदीको सम्बन्धमा पहिले जारी भएको आदेशको सट्टा नयाँ आदेश जारी भएमा त्यस्तो आदेश दिने अधिकृतले सोही बमोजिमको थुनुवा पुर्जी सम्बन्धित कारागार प्रमुखलाई दिनु पर्नेछ ।
(५) सैनिक अदालतबाट कैदको सजाय पाएको र अन्य कारणले यस ऐनबमोजिम जारी भएको थुनुवा पुर्जी वा अरू कुनै लिखतमा सामान्य त्रुटि भएको वा ढाँचा नमिलेको कारणबाटमात्र कुनै थुनुवालाई गैरकानुनी थुनामा राखेको मानिने छैन ।
(६) कैदको सजाय भुक्तान गराउन कारागार पठाउने आदेश भएकोमा सो कारागारमा नपठाउँदासम्म अभियुक्तलाई अरू उपयुक्त स्थानमा हिरासतमा राख्न सकिनेछ ।
(७) तीन महिनाभन्दा कम कैदको सजाय भएको अवस्थामा उपदफा (१) बमोजिमको अधिकृतले त्यस्तो सजाय पाएका व्यक्तिलाई सैनिक हिरासतमा राखी सजाय भुक्तान गराउने आदेश दिन सक्नेछ ।
(८) जङ्गी कारबाहीमा लागेको बखतमा कमाण्डिङ्ग अधिकृतले तोकेको ठाउँमा थुनी कैदको सजाय भुक्तान गराउन सक्नेछ ।
(९) यस ऐनबमोजिम कैदमा रहेका कैदीलाई कैदमा रहँदा शारीरिक सजाय दिइने छैन र प्रचलित कानुनले व्यवस्था गरेकोभन्दा अन्यथा हुने गरी कैद सजाय दिइने छैन ।
(१०) सैनिक कारागार वा सैनिक हिरासतमा कैद सजाय तामेल हुन नसक्ने अवस्था छ भन्ने सेना, चमु, पृतना वा वाहिनी कमाण्ड गर्ने अधिकृतलाई लागेमा अन्य कुनै कारागारमा कैद भुक्तान गराउन आदेश दिन सक्नेछ ।